काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको बाकस खोलेको बताउनुभएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
विमानस्थलमा विदेशबाट ल्याइएका शव बोकेको बाकस खोलिएको बताउनुभएको हो । उहाँले यस विषयमा उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको हो ।
यस्तै उहाँले यही विमानस्थलबाट गएका एक जनाको झोलामा लागु औषध बोकाएर फसाएको पनि बताउनुभएको छ ।
ती व्यक्तिलाई कसरी झुक्याएर लागुऔषध हालेर फसाइएकोबारे अनुसन्धान गर्न पनि उहाँले माग पनि गर्नुभएको छ ।
उहाँले कतारमा १० वर्ष कैद र ३ लाख रियाल जरिवाना तोकिएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया