देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाको चुनाव चिह्न फेरियो

'अब चुनाव चिह्न घण्टीमात्रै'

देशान्तर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न गोलाकार हटाएर अब घण्टीमात्रै भएको पुष्टि गरेका छन् ।

निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपाले गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । उसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको थियो । तर चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टी सभापति रवि लामिछानेको सांसद पद भने नागरिकता विवादका कारण सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

चितवन २ मा आगामी वैशाख २ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि रास्वपासहित १८ दल दर्ता भएका छन् ।