काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनअघि नै पार्टी सरकारमा सहभागी हुने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले भुमहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले केही दिनमै कांग्रेस सरकारमा जाने बताएका हुन् ।
‘आठदलीय गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ, उनले भने, केही दिनमा नै महत्त्वपूर्ण मन्त्रालयसहित हाम्रो पार्टी सरकारमा जाँदैछ । अन्य दल पनि सहभागी हुनेछन् ।’
एमाले अध्यक्ष केपी शर्मा ओली ’सुपर प्रधानमन्त्री’ बन्न खोजेकाले माओवादी–एमाले गठबन्धन नेतृत्वको सरकार नटिकेको पनि पौडेलको भनाइ छ ।
कांग्रेसले कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरे पनि त्यसलाई सच्याएर अगाडि बढ्ने पौडेलको भनाइ छ ।
देश आर्थिक संकटमा जाँदै गरेकाले अहिले राष्ट्रिय सहमतिमा सबैले जोड दिनुपर्ने पौडेलले बताए ।
प्रतिक्रिया