काठमाडौँ– नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ । सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकले सातै प्रदेशका राजधानीमा आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय भएको नेपाल जनमत पार्टीका नेता अब्दुल खाँले जानकारी दिए ।
बैठकले १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय गरेको छ । गठबन्धनको बनाउनुको औचित्य सांसदहरुलाई पुष्टि गरिने खाँले बताए ।
राष्ट्रपति निर्वाचनको अघिल्लो दिन (फागुन २४) गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया