काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारा जारी छ । राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा रास्वपाले निर्णय लिने पार्टीका नेताहरुले बताएका छन् ।
साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्नेबारे पनि बैठकले निर्णय गर्ने बताइएको छ ।
सभापति रवि लामिछानेको नागरिकता विवादपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदबाट मुक्त भएका थिए । त्यसलगत्तै रास्वपा सरकारबाट फिर्ता भएको थियो । तर सरकारलाई दिएको समर्थन अहिलेसम्म कायम छ ।
प्रतिक्रिया