राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ ।
राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा आजको बैठकले ठोस निर्णय लिने छ ।
यसैविच एमाले उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने वताउनु भएको छ । आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकले निर्णय गर्ने उपमहासचिव ज्ञवालीले वताउनु भयो । सरकारमा रहने वा बस्ने भन्ने विषयमा पनि आजको बैठकले निर्णय गर्ने उहाँले जानकारि दिनुभयो ।
प्रतिक्रिया