देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपाको आकस्मिक बैठक बस्दै, आजै सरकार छोडन सक्ने

देशान्तर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक आज बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै उत्पन्न पछिल्लो राजनैतिक घटनाक्रमका बिषयमा छलफल हुने छ । राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे पनि आजै निर्णय लिइने बताइएको छ । पछिल्लो राजनैतिक घटनाक्रमले राप्रपा सरकारबाट बाहिरने सम्भावना बढेको छ । राप्रपा भित्र राष्ट्रपति निर्वाचनमा मतदान गर्ने या नगर्ने भन्ने बिषयमा समेत दुई मत रहदैँ आएको छ।

शुक्रवार वालुवाटारमा सम्पन्न भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाले पछिल्लो समय प्राप्त उपलब्धीमाफि लगातार धावा बोलेको र त्यसमा एमालेका केहि नेताहरुले समेत साथ रहेको भन्दै नयाँ गठवन्धन बनाएसंगै राप्रपाका मन्त्रीलाई वर्खास्त गर्ने चेतावनि दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले नयाँ समिकरण बने संगै राप्रपा माथि आक्रोश ब्यक्त गर्नु भएको छ । मन्त्रीहरुको वर्खास्ती हुनुभन्दा पहिलानै राप्रपा सरकारवाट बाहिरिन सक्ने अनुमान गरिएको छ।