काठमाडौँ– नेपाली काँग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिएको बताएका छन् । शुक्रवार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समथृन गर्न सकारात्मक रहेको दाबी गरे ।
सांसद महतले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि बताए । उनले काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरु पनि सकारात्मक रहेको उल्लेख गरे ।
उनलेसाँझ बस्ने चार दलीय बैठकले सो निर्णय गर्नेपनि बताए । उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिका लागि योग्य भएको पनि बताए ।
सांसद महतले संविधानको रक्षाका लागि नेपाली काँग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताए ।
प्रतिक्रिया