राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो ।
आज पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजे बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन ।
पार्टीमा राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने आवाज पनि उठिरहेको छ । यस विषयमा पनि आजको बैठकले ठोस निर्णय लिनेछ । राष्टप्रमुख राजसंस्थानलाई वनाउने ऐजेण्डा सारेको राप्रपामा राष्ट्रपतिका लागि मतदात गर्न नहुने भन्दै आवाज उठेको हो । राष्ट्रपतिमा मतदान गर्ने वा नगर्ने भन्ने बिषयमा राप्रपा भित्र मतभेद बढदै गएको छ ।
प्रतिक्रिया