काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपति नेपाली कांग्रेसबाट बन्नुपर्ने बताएका छन् । बिहीबार गृहजिल्ला भोजपुरमा सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै उनले प्रधानमन्त्रीले भनिरहेको राष्ट्रिय सहमति गर्ने भए कांग्रेसले राष्ट्रपति पाउनुपर्ने बताए ।
उपराष्ट्रपति भने नेकपा (एकीकृत समाजवादी)ले पाउनुपर्ने उनको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका उनले माओवादीले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख लिइसकेकाले अब कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीले उपराष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताए ।
उनले राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, जनताको स्थिति, निर्वाचनबाट प्राप्त जनादेशले र संविधानको भावना राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक भएको हुनाले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया