देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुरानो गठबन्धन ब्युँताउने कांग्रेस र माओवादीबीच सहमति

देशान्तर

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ । कांग्रेस, माओवादी र समाजवादीबीच भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो । राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिनेगरी पुरानो गठबन्धन सम्बद्ध पार्टीहरु एक ठाउँमा आउने सहमति भएको छ ।

कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई पनि सँगै लिएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको हो । आज पुरानो गठवन्धन ब्युँताउने बिषयमा दुई पक्षिय तथा वहु पक्षिय छलफल गर्ने तयारि भएको छ । पुरानो ५ दलिय गठवन्धनमा सिके राउत नेतृत्वको जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटने बिषयमा प्रारम्भीक छलफल भएको छ ।

यसका लागि आज दिनभर माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत लगायतसँग छलफलको तयारि रहेको छ । आज बेलुकासम्म सबैजना संँगै बसेर सम्झौता गरेर टुंग्याइने तयारि भएको छ । चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम रहेको थियो ।

पाँच दलिय गठवन्धनमा जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि सामेल गराइने भएको छ । संविधान र लोकतन्त्रको रक्षार्थ उभिएका शक्ति एक ठाउँमा उभिएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले जानकारि दिनुभयो । कांग्रेस र माओवादीबीच एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ’पावर सेयरिङ’ मा कसरी मिलाएर जाने भन्नेबारे पनि छलफल भएको छ ।