देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्री र सांसदले काठमाडौंमा घर– जग्गा खरिद गर्न नपाउने गरी कानूनी व्यवस्था गर्नुपर्छ : प्रेम सुवाल

देशान्तर

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

देशको सन्तुलित विकास र काठमाडौं उपत्यकामा आउने विपद व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको तर्क थियो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौं उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न पनि माग गरे ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभावी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसले ठूलो विपद ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद सुवालले भक्तपुरस्थित नगरकोट सडक खण्डको निर्माण कार्य सम्पन्न गराउन पनि सरकारलाई सचेत गराए । ८ वर्षदेखि सो सडकखण्डको निर्माण कार्यले पूर्णता नआएकोमा उनको आक्रोश थियो ।