काठमाडौँ– राष्ट्रपति निर्वाचनका लागि मतदान गर्ने सांसदहरुको नामावली प्रकाशन भएको छ । बुधबार निर्वाचन अधिकृतको कार्यालयले नामावली प्रकाशन गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले संघीय संसदका तीन सय ३१ र प्रदेश सांसद पाँच सय ५० गरि ८ सय ८१ जनाको नामावली प्रकाशन गरेको छ ।
तीन संघीय सांसद रवी लामिछाने,अरुण चौधरी र टेकबहादुर गुरुङ बाहेकको नाम समावेश गरी नामावली प्रकाशन भएको छ ।
फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको नाम भने मतदाताको सूची रहेको छ ।
प्रतिक्रिया