काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बुधबार बस्दैछ । राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बैठक बस्ने महासचिव वेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार बैठकमा अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति निर्वाचन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवारको प्रस्ताव गरेका छन् । तर,एकीकृत समाजवादीले यसबारे कुनै ठोस निर्णय गरेको छैन ।
नेपालले राष्ट्रपतिका लागि बृहत छलफलको आवश्यकता रहेको बताउँदै आएका छन् ।
प्रतिक्रिया