प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जानुहुने भएको छ । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहनु भएको उहाँको सचिवालयले जनाएको छ ।
अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख अर्थात फागुन २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुदैँछन् । अहिलेसम्म दोहा जाने कार्यक्रम तय भएको तर राष्ट्रपतिको निर्वाचन नजिक भएकाले परिस्थिति कस्तो बन्छ भन्न नसकिने उहाँका राजनैतिक सल्लाहकार हरिवोल गजुरेलले जानकारि दिनुभयो ।
प्रतिक्रिया