देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयोगले एकीकृत निर्वाचन कानूनको मस्यौदा पेश गर्दै

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समय अनुकूल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरेर पेश गर्ने भएको छ।

फागुन ७ गत आइतबार निर्वाचन आयोगले सातौं निर्वाचन दिवसको अवसरमा सोही मस्यौदा पेश गर्न लागेको हो । संचारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस वर्षको निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्बन गरेका नविन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको बताए ।

उनले गत निर्वाचनका क्रममा देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको उल्लेख गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई आएका सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्ने र निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुने प्रतिवद्धता जनाए ।

उनले निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र स्वतन्त्र बनाउन सहयोग गर्ने सबै पक्षलाई सोही अवसरमा धन्यवाद ज्ञापन समेत गरे ।

आयोगले आइतबार ‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने नारासहित सातौं निर्वाचन दिवस मनाउँदैछ ।