काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन् ।
ललितकला गुठी काठमाडौंको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताए ।
उनले प्रतिष्ठानले देशमा मात्र नभइ ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताए । प्रधानमन्त्री दाहालले ललितकला प्रतिष्ठानले संस्थागत स्वरुप ग्रहण गरेकोमा खुशी व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौति भए लिखित रुपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवद्र्धनका लागि आवश्यक पहल गर्ने बताए ।
प्रतिक्रिया