देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शहीद मार्गलाई कालोपत्रे गर्न सांसद घर्तीको माग

देशान्तर

काठमाडौँ – संसदमा शहीद मार्गलाई कालोपत्रे गर्न माग गरिएको छ ।

नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद मार्गको कालोपत्रे गर्न माग गरेका हो ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरे । उनले भने,’४० वर्षअघि सुरु भएको शहीद मार्गको सडकको कालोपत्रे हुन नसक्दा दुस्ख लाग्छ।’

तत्कालीन नेकपा माओवादीले जनश्रमदान गराएर तत्कालीन नेकपा माओवादी युद्धमा हुँदा केही भाग खनिएको थियो । त्यसपछि यसलाई शहीद मार्ग समेत भनेर चिनिन थालेको छ ।

रोल्पाभर अहिलेसम्म जम्मा ६० किलोमिटर सडक मात्रै कालोपत्रे भएको भन्दै उनले रोल्पालीले कहिले सहज सडकमा यात्रा गर्न पाउँछन भनेर प्रश्न समेत गरे।