काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकाकी कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गरेकी छन्।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच सोमबार भेटवार्ता भएको हो। दुवैबीचको भेटमा नेपाल–अमेरिका दुवै देशको हितका र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
यसअघि अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन्।
उनी हिजो साँझ काठमाडौं आइपुगेकी हुन्।
प्रतिक्रिया