काठमाडौं- रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी पासपोर्ट फिर्ता गरेका छन् । आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् ।
अमेरिकाको नागरिकता नत्याग्दै लामिछानेले २०७२ साल जेठ १३ मा नेपालको पासपोर्ट लिएका थिए । तर, अमेरिकी नागरिकता भने २०७५ असार ६ मा परित्याग गरेका थिए ।
लामिछाने निकट रास्वपा नेताका अनुसार नागरिकतामा सर्वोच्चको आदेशको सम्मान गर्दै नागरिकता लिएपछि उनले पुरानो पासपोर्ट फिर्ता गरेका हुन् ।
प्रतिक्रिया