देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सबै अस्पताललाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न जरुरी छ : सांसद पौडेल

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गरेका छन्।

आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो । उनले सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमता विकास गर्ने स्थिति कसरी विकास गर्न सकिन्छ । लगानीको पक्षबाट, व्यवस्थापनको पक्षबाट, इमान्दारिताको पक्षबाट हामीले त्यसलाई हेर्न जरुरी छ ।’

सांसद पौडेलले मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोग सम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको बताए। उनले गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यक्ता रहेको बताए ।

उनले गंगालाल अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइ दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले अब पनि औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव नरहेको जिकिर गरे।

उनले भने, ‘गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउने कुरा आवश्यक छ, यो देशको आवश्यक्ता हो । यो कार्यक्रम चाँडो अघि बढाइयोस्, जनताको व्यवस्थापन हामी यहीँ गर्नसक्छौं । त्यसका लागि प्रशस्त सार्वजनिक जग्गाहरु छन् । ती ठाउँहरु हामीले प्रयोग गर्नसक्छौं । अनुसन्धान केन्द्रका रुपमा मुटुरोग उपचारको विशिष्ट अस्पतालको रुपमा दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी छ ।’

सांसद पौडेलले सरकारी कार्यलयहरुमा काम गर्नेहरुको सुविधाका बारेमा राज्यले पुनःविचार गर्नुपर्ने बताए ।