देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जहाज खरिदका लागि लिएको ऋणको किस्ता भुक्तानी गर्दै निगम

देशान्तर

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ३३ करोडभन्दा बढी भुक्तानी गरेको छ।

निगमले पछिल्लो पटक शुक्रबार ३३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको हो । कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ।

विगतमा विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभई रहेकोमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि गत असार ३० गते १ अर्ब ३५ करोड रुपैयाँ र गत कात्तिक १ गते ७३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरिसकेको छ ।