देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मर्जर नीतिले वित्तीय लागत घट्दै गएको छ: गभर्नर अधिकारी

देशान्तर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका हुन् । सोमबार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु भएको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंक, वित्तीय संस्थाहरू मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरू स्वस्थ र सबल बन्ने समेत बताए ।

मर्जरले ठूलो बन्दै गएपछि बैंकहरू स्वनियमनमा बस्नुपर्ने बताउँदै उनले बैंक तथा वित्तीय संस्थाहरूले सानो कर्जालाई पनि प्रमुख प्राथमिकता दिनुपर्ने पनि बताए । ‘सिस्टम र अर्थतन्त्रले खोजिरहेको विषय बैंक, वित्तीय संस्थाहरु मर्जर भइराख्दा हाम्रो वित्तीय प्रणाली थप सुरक्षित हुनेछ । संस्थाहरू थप स्वस्थ हुनेछन् । थप सबल हुनेछन् । अर्थतन्त्रमा बैंकिङ प्रणालीको इण्डिभिजुअल बैंकको पनि योगदान बढेर जानेछ भन्ने अपेक्षासहित यो पोलिसी ल्याएको हो ।’ उनले भने,’यो सालमात्रै १४ वटा बैंक मात्रै मर्जर भएको अवस्था छ । मर्जरमा राम्रो उपलब्धि भएको छ ।’

उनले बैंकहरुको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने भन्दै बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछि बैंकहरू स्वनियमनमा बस्नुपर्ने बताए ।

उनले बैंक तथा वित्तीय संस्थाहरुले सानो कर्जालाई प्राथमिकता दिनुपर्ने पनि बताए ।