देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिविद्वारा बीएएलएलबी प्रथम सेमेस्टरको भर्ना नतिजा सार्वजनिक

देशान्तर

त्रिवि कानुन सङ्कायद्वारा बीएएलएलबी प्रथम सेमेस्टरमा भर्नाका लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । गत मङ्सिर १७ गते सञ्चालित परिक्षामा सहभागि भएका परीक्षार्थीहरूको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।

कोटासहित त्रिविको आङ्गिक क्याम्पसहरू, नेपाल ल क्याम्पस, काठमाडौँको लागि १०५, पृथ्वीनारायण क्याम्पस, पोखराको लागि ७० र त्रिवि को सम्बन्धन प्राप्त नेशनल ल कलेज, सानेपाको लागि १०५ गरी जम्मा २८० सिटका लागि मात्र योग्यता क्रममा रहेका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरिएको हो ।

यसैविच त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । पुस २१ गते सम्पन्न त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । विद्यार्थी कल्याण परिषद्ले सिफारिस गरेअनुसार नै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको त्रिविले जनाएको छ ।