देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनचाँदीको मूल्य घट्यो

देशान्तर

काठमाडौँ – स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।