देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज वाट स्वस्थानी व्रतकथा सुरु

देशान्तर

हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत आज वाट सुरु भएको हो । स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि र सफलता मिल्नुका साथै रोगव्याध वाट पनि मुक्ति मिल्ने विश्वास गरिन्छ ।

व्रत अवधिभर भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा व्रतकथा र माघ स्नानको प्रचलन रहदै आएको छ ।
व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको हो ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको थियो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरि रहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ ।

स्वस्थानी व्रत सुरु भएदेखि काठमाण्डौँको साँखुस्थित शालिनदीमा स्नान गर्नका लागि भक्तजन पुग्ने गर्छन् । शालीनदीमा माधवनारायणको मेलासमेत सुरु भएको छ । आज वाट शालीनदीमा स्नानसंगै एक महिना सम्म स्वस्थानी व्रतकथा प्रवचत पनि सुरु भएको छ ।