देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिविमा पैँसा अभाव, पेन्सन समेत रोक्का

देशान्तर

चरम राजनैतिक हस्तक्षपले ग्रस्त रहेको त्रिभुवन विश्वविद्यालय आर्थिक अभावका कारण पनि समस्यामा पर्न थालेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन समेत पठाउन सकेको छैन् ।
आर्थिक समस्याहुदा पेन्सन खुवाउन नुसकिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पेशल दाहालले बताउनु भयो । विश्वविद्यालयले गत आर्थिक वर्षमा रू २८ अर्ब बजेट विश्वविद्यालयसभाबाट पारित गरेको छ । त्यसमा सरकारले नौ अर्ब बजेट दिएको थियो।
विश्वविद्यालयले १० अर्ब तलब र भत्ता तथा चार अर्ब पेन्सनमा खर्च गर्दै आएको रजिष्ट्रार दाहालले जानकारि दिनुभयो । विश्वविद्यालयमा हाल १६ हजार ६५ जना शिक्षक र कर्मचारीको दरबन्दी रहेकोमा सरकारले १३ हजार जनाका लागि मात्रै तलब भत्ता पठाउने गरेको छ । राजनैतिक हस्तक्षपले समस्यामा पर्दै आएको त्रिवि पछिल्लो समय आर्थिक रुपमा समेत समस्यामा पर्न थालेको त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले बताउनु भयो ।