देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपासँग सहकार्य गर्दा जोखिम छ : भट्टराई

देशान्तर

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता समिकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संगको मिलन घातकहुन सक्ने वताउनु भएको छ । गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गरिनुपर्ने भन्दै भट्टराईले राप्रपा संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्ति भएकोले त्यस्ता शक्तिहरूसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्न सक्ने वताउनु भएको हो ।

राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त हुनु भएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने लगाएत सर्त राख्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा १० सिट भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि विश्वासको मत माग्दै आउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले २ पटक अध्यक्ष नेपालसँग भेटेर विश्वासको मत दिन भने पनि एकीकृत समाजवादीले भने यसबारे औपचारिक निर्णय गरेको छैन् ।

राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन सर्त राखिरहेका बेला भट्टराईले भने यस्ता शक्तिसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्ने बताउनु भएको हो । राप्रपाले संघीयता खारेजी र अभिभावकीय भूमिकामा राजा राख्नुपर्ने एजेन्डासमेत उठान गर्दै आएको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरि रहेका छन् । राप्रपाले सत्ता साझेदार दलहरूको बैठकमा उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय पाउनुपर्ने दाबीसमेत राख्दै आएको छ। साथै राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान पनि राखेको छ।