देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

देशान्तर

काठमाडौँ – शेयर बजारको उकालो यात्रा बिहीवार पनि रोकिएको छैन ।

शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अङ्कले बढेर दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज अन्य र बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल, बीमा, माइक्रोफाइनान्स र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज कारोबार पनि रकम निकै बढेको छ । दुई सय ५९ वटा कम्पनीका एक करोड २५ लाख ८१ हजार कित्ता शेयर पाँच अर्ब चार करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड र रिडी हाइड्रोको २१ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज मनकामना स्मार्ट लघुवित्त र नारायणी विकास बैंकको शेयर भने झन्डै तीन प्रतिशतले घटेको छ ।