देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिनेश चुके चयन

देशान्तर

होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके चयन हुनु भएको छ । चितवनको भरतपुरमा जारि १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो ।

अध्यक्षमा चयन हुनु भएका चुके चितवनका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहदै आउनु भएको छ । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित हुनु भएको छ ।

उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम चयन हुनु भएको छ् । यस्तै, महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश मलहोत्रा सर्वसम्मत चयन हुनु भएको छ ।

सचिवमा राजु अधिकारी, कमल बहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल चयन हुनु भएको छ । त्यस्तै कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ सर्वसम्मत चयन भएको होटल ब्याबसायि महासंघले जनाएको छ ।।