देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभरका पोल्ट्री व्यावसायि धरापमा

देशान्तर

कोरोना तथा सरकारी नीतिका कारण देशभरका पोल्ट्री उद्योगिहरु समस्यामा पर्न थालेका छन् । ब्रोइलर कुखुरा, मासु र अण्डामा आत्मनिर्भर बन्दै गरेको अवस्थामा कोरोना महामारी र गलत सरकारी नीतिको सिकार भएको पोल्ट्रि व्यवसायीले बताएका छन् ।

तत्काल सरकारले कुनै सहयोग नगरे अर्को वर्षसम्म नेपालका धेरैजसो पोल्ट्री उद्योग बन्द हुने नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले वताउनु भयो । ब्रोइलरको मासु र चल्ला भारतबाट भित्रिरहने, दानाको कच्चा पदार्थको भाउ आकासिरहने, बैंकहरुले आफूखुशी ब्याजदर बढाइरहने र लागत अनुसार मूल्य पाउन नसक्ने अवस्थाले उद्योगहरु डुब्दै अध्यक्ष बिष्टले बताउनु भयो । २ वर्षयता उत्पादित वस्तु लागत मूल्यमा पनि बिक्री गर्न नसकिएको ब्यावसायिले बताएका छन् ।

नेपाल पोल्ट्री महासंघका अनुसार नेपाली पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । तर, कुखुराजन्य सबै व्यवसाय निरन्तर नोक्सानीमा पुगेका छन् ।

व्यवसाय बचाउन बैंकसँग ऋण माग्दा ऋण नपाउने र बैंकहरुले दिएको ऋणमा ब्याज बढाएर तिर्न नसक्ने अवस्थामा पुगेको ब्यावसायिले बताएका छन । त्यस्तै कच्चा पदार्थको मूल्य आकाशियको र भन्सार शूल्क तथा करले उत्पादन लागत महंगो भएको ब्याबसायिको गुनासो रहेको छ ।

पोल्ट्री ब्यावसायी डुब्नुको अर्को मुख्य कारण बैंकले मनपरी ढंगले बढाएको ब्याजदर भएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका बताउनु भयो । ७ प्रतिशत भनेर लिएको ऋणको ब्याजदर अहिले झण्डैं १५ प्रतिशत हाराहारीमा पुगेको छ ।एकतर्फी रुपमा व्याजदर बढाएका बैंकहरुले ऋण नतिरेको भन्दै व्यवसायीलाई कालो सूचीमा राखेर पत्रिकामा निकाल्न थालेका छन् । पोल्ट्री व्यवसायमा भएको डेढ खर्ब लगानीमध्ये करिब ५० प्रतिशत बैंकहरुको रहेको छ ।