देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराईमा अत्यधिक चिसो , जनजीवन प्रभावित

देशान्तर

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण देशभरको मौषमा परिवर्तन आएको छ । पश्चिमी न्यून चापीय प्रणालीको कारण चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको भएको छ।

हिमाली भू–भागमा हल्का हिमपात र तराईका भू–भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बिशेषगरि तराईमा चिसो अत्यधिक बढेपछि जनजिवन प्रधावित भएको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ । वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ ।

पछिल्लो एक साता यता यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको सर्वसाधरणले बताएका छन् । चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । अस्पतालमा चिसोका कारण बिरामी हुनेको संख्या बढेको छ । विशेष गरी कोल्ड डायरिया, दम खोकीको बिरामी बढेको चिकित्सकहरुले बताएका छन् ।

शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिने गरेको छ । चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा–ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरूको जनजिवन प्रभावित भएको छ ।

उता चिसोबाट बच्न मध्य तराईमा समूहमा बसेर आगो ताप्न सुरु गरिएको छ । स्थानिय सरकार तथा विभिन्न निकायले दाउरा, मुढा, कोइला वितरण सुरु गरेका छन । बाक्लो हुस्सुसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि विभिन्न सरोकारवालाहरुले दाउरा बितरण सुरु गरेको पर्सागढी नगरपालिका मेयर गोकर्ण पाठकले बताउनु भयो ।

तर कतिपय पालिकाले भने दाउरा वितरण गर्न सकेका छैनन् । गतवर्ष पालिकाले आगो ताप्न दाउरा वितरण गरेको भएपनि यसपटक बितरण सुरु गरेका छैनन् । तराईका अधिकाशं स्थानिय निकायले डिभिजन वन कार्यालय संगको सहकार्यमा दाउरा खरिद गर्ने गरेको जिराभवानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारि दिनुभयो ।

यसैविच अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि तराई सहित देशका विभिन्न भागमा स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन् । चिसोले गर्दा बालबालिकाको नियमित विद्यालयमा हुने पठनपाठन असहज देखिन थालेपछि बिधालयहरुमा जाडो बिदा सुरु भएको छ ।