देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको नेताका लागि गगन र शेखरबीच अझै सहमति जुटेन

देशान्तर

काठमाडौं – पार्टी संसदीय दलको नेताका लागि साझा उम्मेदवार तय गर्ने भनेर बसेको नेपाली कांग्रेस इतर पक्षको बैठक बिनानिश्कर्ष सकिएको छ । मंगलबार बिहानदेखि काठमाडौंको लैनचौरस्थित होटल एम्बेसडरमा जारी बैठक सकिए पनि संसदीय दलको उम्मेदवार कसलाई बनाउने भन्नेबारे भने सहमति जुट्न सकेको छैन ।

कांग्रेसको इतर पक्षबाट महामन्त्री गगन थापा र नेता डा शेखर कोइराला संसदीय दलको नेताका दाबेदार छन् । संस्थापन पक्षबाट भने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एक्ला उम्मेदवार छन् ।

कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले संसदीय दलको उम्मेदवार को हुने भन्नेबारे अबको १ घण्टामै निश्चित हुने बताए ।

बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले आफूहरूको समूहबाट दुई जनाको उम्मेदवारी दर्ता नहुने बताए । कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

मनोनयन दर्ताको समय अगाडि नै समझदारीमा पुग्नका लागि कोइराला र थापा पक्षका नेताहरू तीव्र छलफलमा छन् ।