देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज

देशान्तर

सत्तारुढ गठबन्धनको शीष राजनीतिक दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको पक्रिया अघि बढाएको छ ।

सोमबार निर्वाचन समितिले मतदाताको अन्तिम नामावली सार्वजनिक गसिकेको छ ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ र सामानुपातिक ३२ गरी ८९ सांसद निर्वाचित भएका छन् ।

संसदीय दलको नेता नै भावी प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले नेपाली कांग्रेसले आज नेता चयनका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवार आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको निर्वाचन समितिका सदस्य प्रकाश रसाईली ‘स्नेही’ले जानकारी दिनुभयो ।

उहाँले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने र भोलि विहान ८ बजेदेखि १० बजेसम्म मतदानको समय रहेको बताउनुभयो ।

निर्वाचन समितिले उम्मेदवारको दरखास्त दिँदा ५१ हजार रुपैयाँ शुल्क पनि तिर्नुपर्ने छ ।

मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ ।

मतदान समाप्त भएपश्चात मतगणना र निर्वाचन परिणामको घोषणा हुने सदस्य स्नेहीले बताउनुभयो ।

पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरू पुष्पा भुसाल र स्नेही सदस्य हुनुहुन्छ ।

संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्नका लागि पहल गर्न सुरु गरिसकेको छ ।