देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किसानका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँः डा. सिके राउत

देशान्तर

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन् । सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताएका हुन् ।

उनले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिवद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताए । राउतले सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरुको जिम्मेवारी भएको बताए ।

उनले ठोस रुपमा र इमान्दारितापूर्वक प्रतिवद्धता जायर हुनुपर्ने बताए । अध्यक्ष राउतले वर्तमान सत्तारुढ गठबन्धन प्रति आफूहरु सकारात्मक रहेको बताए ।