काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक समितिको बैठक बोलाएको छ । नयाँ सरकारमा सहभागी हुने नहुनेबारे छलफल गर्न पार्टी कार्यालय बालकुमारीमा पुस १८ र १९ गतेका लागि बैठक बोलाएको हो ।
बैठकमा सरकारमा सहभागी हुने नहुने, विधान अधिवेशन, प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाबारे छलफल हुने जसपाका नेता मनीष सुमनले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी संगठन तथा आगामी कार्यदिशा बारेमासमेत छलफल हुनेछ।
जसपाले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट पाएको छ । त्यस्तै, प्रदेश १ मा पनि जसपा सरकार बनाउन निर्णायक भूमिकामा रहेको छ ।
प्रतिक्रिया