देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पराजित

देशान्तर

काठमाडौँ – गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई एक हजार २ सय ९२ मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।

भण्डारीले ३२ हजार २ सय २७ मत प्राप्त गरे भने ज्ञवालीले ३० हजार ९ सय ३५ मत मात्र पाएका छन् । यो क्षेत्रमा भण्डारी र ज्ञवाली आलोपालो गरी निर्वाचन जित्दै आएका छन् ।

२०७४ मा ज्ञवाली निर्वाचित भएका थिए ।