देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाङ–३ बाट कांग्रेसका गिरी विजयी

देशान्तर

दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी भएका छन् । उनी ३६ हजार आठ सय ४२ मत प्राप्त गरी विजयी भएका हुन् ।

गिरीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार गिरीले वलीलाई सात हजार आठ सय १० मतान्तरले पराजित गरे ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत प्राप्त गरे । दाङ क्षेत्र नं. ३ मा कूल एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकामा ९० हजार एक सय ५० जनाले मतदान गरेका थिए । यसैबीच दाङ २ बाट माओवादी केन्द्रकी रेखा शर्मा र दाङ १ बाट एकीकृत समाजवादीका मेटमणि चाैधरी निर्वाचित भएका छन् ।