देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीका लागि साथीहरुसँग सल्लाह गर्छु : नेता सिंह

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन् ।

आज मंगलबार बिहान काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ७ हजार १ सय ४० मत प्राप्त गरेर विजयी बनेका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरुसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताएको हो ।

उनले मतदाताको भनाइ र मागहरुलाई सम्बोधन गर्ने बताए । उनले आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने र सुझाव दिन पाउने गरी गुनासो सुन्ने काममा आफू निरन्तर लाग्ने बताए ।

उनहाँले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि काम गर्ने बताए । उनले काठमाडौंका नदीहरु बागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाइ सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने बताए ।

नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताए । उनले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको पनि बताए ।

नेता सिंहले देशभरबाट जितेर आएका कांग्रेका नेताहरुसँग सल्लाह लिएर आफू अघि बढ्ने बताए ।