देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले यूएईलाई ३ विकेटले हरायो, गुलशन र आरिफको उत्कृष्ट साझेदारी

देशान्तर

काठमाडौँ – दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएको छ ।

आज बुधवार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हरायो ।

यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायो । नेपालका लागि गुलशन झा र आरिफ शेखले सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरे । गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट रहे । यस्तै कुशल भुर्तेलले ३५ रन बनाए । बलिङतर्फ यूएईका रोहन मुस्तफाले तीन र हजरत बिलालले दुई विकेट लिए ।

यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा एक सय ९१ रन बनाउँदा अलआउट भयो । यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिए । त्यस्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एकरएक विकेट लिए ।

यो जितसँगै नेपालले तीन खेलको शृङ्खलामा एक–एकको बराबरी गरेको छ । यसअघि भएको पहिलो खेलमा यूएई ८४ रनले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल आउँदो शुक्रवार हुनेछ ।