देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मंसिर ४ र ५ गते सार्वजनिक बिदा

देशान्तर

काठमाडौँ – सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते र त्यसको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

आम निर्वाचन २०७९ को मतदान हुने दिन २०७९ मंसिर ४ गते आइतबार र त्यसको भोलिपल्ट मंसिर ५ गते सोमबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयहरुमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय भएको पनि सूचनामा उल्लेख गरिएको छ । मंसिर ४ गते आम निर्वाचन हुँदैछ ।