देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाद्वारा भू–संरक्षणमन्त्री थापाको निधनप्रति दुःख व्यक्त

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता एवम् प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

निमोनियाबाट ग्रसित प्रदेशमन्त्री थापाको उपचारका क्रममा आज बिहान १० बजेर ४० मिनेटमा नोबेल मेडिकल कलेजमा निधन भएको थियो ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल मार्फत मोरङ क्षेत्र नं ३ प्रदेश ९१०का कांग्रेस उम्मेदवारसमेत रहनुभएका थापाको निधनप्रति दुःख व्यक्त गरेका हो ।