देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

देशान्तर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड – १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीड(भाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीड(भाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रममा भीड(भाड गर्दा कोरोना संक्रमण दर बढ्न सक्ने बताए ।

उनले देशमा कोरोना संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे । उनले भीड(भाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताए । डा। अधिकारीले कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीड(भाड हुने ठाउँमा नजान पनि आग्रह गरे ।

डा। अधिकारीले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताए । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ । तर पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउन सक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने उनले स्पष्ट पारे ।

देशमा अहिले ६ सयको हाराहारीमा कोरोना संक्रमितहरु रहेको उनले बताए ।