देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन आचारसंहिताको पालना गर्न संचार माध्यमलाई आयोगको आग्रह

देशान्तर

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल गराउन मिडियाको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयको आयोजनामा बेनीमा भएको अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी बनाउने सत्य(तथ्य समाचार सामग्री सम्प्रेषण गराउन संचारकर्मीलाई ध्यानाकर्षण गराएका हो । सोही कार्यक्रममा उनले आगामी निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका मिडियाको भएको बताए।

मुख्य निर्वाचन अधिकृत नेपालले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा कार्यान्वयन गरी निर्वाचनलाई सफल बनाउन निर्वाचन सम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्न गराउन संचारकर्मीलाई आग्रह गरेका छन् । उनले निर्वाचनले राज्य सत्ता संचालनमा सक्षम नेतृत्व निर्वाचित गराउनका लागि आम मतदाताको मत महत्वपूर्ण भएको बताए ।

जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले राजनीतिक दल, सार्वजनिक पद धारणा गरेको, मतदाता शिक्षा कार्यक्रमा सहभागी भएका कर्मचारी, सरकारी तथा गैरसरकारी निकाय वा सार्वजनिक संस्था र संचार माध्यम लगायतलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा म्याग्दीमा ८६ हजार १ सय २० जना मतदाता रहेका छन् । ८२ वटा मतदान स्थल र १ सय १९ वटा मतदान केन्द्र रहेका छन् ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले निर्वाचमा मिडिया र पत्रकारको भूमिकाको विषयमा जानकारी गराएका थिए ।