देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेट भाषण अनुसारै तलब वृद्धि हुन्छ :अर्थमन्त्री शर्मा

देशान्तर

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसारै कर्मचारीहरुको तलबमान लागु हुने आश्वासन दिएका छन् ।

बजेट घोषणाविपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीका नेताहरुले आज (सोमबार) अर्थमन्त्रीलाई भेटेर सच्याउन दबाब दिएका थिए । उनीहरुसँगको भेटमा अर्थमन्त्रीले तत्कालका लागि बजेट भाषणअनुसारै तलब बढाउने आश्वासन दिएका हुन् ।

५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणाअनुसारै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता जनाएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

भेटमा पोखरेलसहित निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेलगायत सहभागी थिए ।