देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : गगन थापा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्ने बताएका छन्।

बिहान ललितपुरमा भएको एक कार्यक्रममा थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेको र उनले पनि फिर्ता लिने बताएका जानकारी दिए।

सरकारले हालै राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७९ दर्ता गराएपछि संविधान विपरीत भन्दै यसको चौतर्फी विरोध भइरहेको छ । विधेयकमा संवैधानिक परिषद्को गणपूरक सङ्ख्यादेखि निर्णय प्रक्रियासम्मका बारेमा विद्यमान कानुनी व्यवस्था संशोधन गर्ने सरकारको प्रयास छ ।

महामन्त्री थापाले अघिल्लो सरकारले त्यस्तै काम गर्दा प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको नेताको रुपमा आफैँले त्यस्तो विधेयकको विरोध गरेको भन्दै अहिले आफू सत्तामा हुँदा त्यस्तो काम गर्न नमिल्ने पनि बताए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर प्रधानमन्त्री देउवाले पनि विधेयक ल्याएपछि आलोचना भइरहेको छ ।