देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कैदीबन्दीलाई सुत्ने ठाउँकै अभाव, आलोपालोमा रात बिताउँदै !

देशान्तर

काठमाडौं – बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदीबन्दी राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सुधार गृहका रुपमा रहेको कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा बसाइँ व्यवस्थापनको समस्यले चुनौती थपिएको हो । पन्घ पुरुष र पाँच महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ कैदीबन्दी छन्।

कारागारका नाइके कुशबहादुर महताराले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सै्य्या र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताए । सङ्ख्या बढी हुँदा सुत्नका लागि समस्या हुँदै आएको छ । कारागार प्रमुख चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ कैदी र १९ थुनुवा गरी जम्मा ५४ कैदीबन्दी रहेको बताए ।

पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको उनको भनाइ थियो । जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदीबन्दीले वर्षाको समयमा राम्ररी सुत्न नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरु मिलेर आलोपालो गरी सुत्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गरिने बताए । उनले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भइरहेको छ, यसको समाधानका लागि पहल जारी रहेको छ भने। सबैले काम गर्छु भन्छन् तर काम केही हुने होइन भन्दै कैदीबन्दीले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन, त्यसमा व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नुपरेको उनीहरुको भनाइ छ ।