देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाङमा न्यायिक समितिद्वारा २१८ उजुरी मिलापत्र

देशान्तर

काठमाडौं – दाङकाे घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा असार १५ सम्म २१८ उजुरी मिलापत्र गराएको जनाएको छ । गत आवको जिम्मेवारी सरेर आएका १०५ र नयाँ दर्ता भएका १३४ सहित २३९ मुद्दा दर्ता भएकोमा अधिकांश उजुरी मिलापत्र भएको न्यायिक समिति संयोजक एवं उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिए ।

आव २०७८/७९ को साउनदेखि असार १५ सम्म न्यायिक समितिले गरेका कामबारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा न्यायिक समिति संयोजक डिसीले हाल २१ उजुरी प्रक्रियामा रहेको जानकारी दिए ।

उनका अनुसार, जग्गा रोक्कासम्बन्धी उजुरी पर्ने गरेको छ । घरायसी विवाद वा कुनै शङ्का लागेमा परिवारजनबाटै उजुरी गर्न आउने गरेकाले अरु विषयमा भन्दा जग्गा रोक्कासम्बन्धी उजुरी धेरै मात्रामा पर्ने गरेको छ । जग्गा रोक्काका १२९ उजुरी परेकोमा १२८ मिलापत्र भइसकेको छ ।

जग्गा विवादका ५० उजुरी परेकोमा ४० मिलापत्र भएको र १० प्रक्रियामा रहेका, अन्य शीर्षकमा पनि २४ उजुरी परेकोमा १८ मिलापत्र भएको तथा ६ प्रक्रियामा रहेको छ । लेनदेनका १४, कुलोपानीको तीन, मानाचामलको चार उजुरी परेकोमा सबै मिलापत्र भएको छ ।