काठमाडौं – सञ्चार क्षेत्र छाडेर राजनीतिमा आएका रवि लामिछानेले दल दर्ताको प्रमाणपत्र लिएका छन् । चुनावचिह्न भने गोलाकारभित्रको घण्टी पाएका छन् । लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को आज निर्वाचन आयोगमा दर्ता भएको हो । दल दर्ता हुनेवित्तिकै शुक्रबारै उनलाई दल दर्ता गरेको प्रमाणपत्र समेत दिइएको निर्वाचन आयोगका जिम्मेवार पदाधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
लामिछानेले नेतृत्व गर्ने पार्टीको नाम विरुद्धमा परेका दुई उजुरीलाई आयोगले खारेज गरिदिएको छ । ऐनमा कतै पनि कुनै शब्दका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने छैन । आएका उजुरीको पनि कुनै औचित्य नभएको आयोगले जनाएको छ । ‘स्वतन्त्र’ शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा दुईवटा उजुरी परेका थिए ।
प्रतिक्रिया