काठमाडौं – नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले पार्टी नेतृत्वलाई बुझाइएको हस्ताक्षर फिर्ता लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार हस्ताक्षर फिर्ता लिएका हुन् । मन्त्री हेरफेरविरुद्ध उभिएर नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका जनाइएको छ ।
नेतृत्वले विगतमा गरेका कमीकमजोरी सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको सांसद गोपाल बलले विभिन्न सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । हस्ताक्षर फिर्ता लिनेमा मन्त्री आलेसँगै पुष्पाकुमारी कर्ण कायस्थ, गोपालबहादुर बम, विनादेवी बुढाथोकी,कृष्णलाल महर्जन र धनबहादुर बुढा छन् ।
प्रतिक्रिया